मैले भर्खरै बिहे गरेको र केही हप्तामै राहदानी लिएर विदेश उड्ने दाजुभाइ दिदीबहिनीहरू देखेँकाे छु !
उसलाई केही ऋण र ऋण भन्दा पनि आफ्नो परिवार र सन्तानको भविष्यको चिन्ताले ग्रस्त भएको देखेकाे छु ! एयरपोर्ट मा कालो झोला र हातमा राहदानी लिएर छोटो पाइन्ट र चप्पल लगाएर आरामको खोजीमा लागेका काकाहरू पनि मैले देखेको छु !
मैले गाउँ घरमा बुढा पाका आमा हरुको घमाइलो अनुहार देखेकोछु , पारिवारिक भविष्य बनाउनछु भनी सहर छिरेको छोरा छोरीलाई बुढेशकालमा भैंसी बेचेर राहदानी बनाएको देखेको छु!
मैले शिक्षामा सबैभन्दा मिल्ने साथी, देशकै अग्रणी विद्यार्थी उत्पादन गर्ने विद्यालय, पढाइ र IELTS पढाइको बीचमा छाडेर राम्रो जीवन बिताउन विदेश गएको देखेको छु !
आफ्ना साना छोरा छोरी लाई छाडेर, वर्षौं सम्म आफ्नो काखमा बेरिएर, आफ्नो हातले माया गरेको बुबा, आमाको साथ छोडी एरपोर्ट मा गह भरी आँशु पारी हात हल्लाई साथ छोडेको देखेको छु!
बिरामी परेकी आमा , माथि र तल जान नसक्ने दुई जनाको परिवार देखेको छु, जहाँ विदेशी छोराको आगमनको आशमा मुट्ठीभर सास बचाएको देखेको छु !
मैले हजारौं युवालाई राहदानी बनाउन लाइनमा उभिएको देखेको छु ।
मैले एयरपोर्टमा हजारौं युवाहरू लाइनमा उभिएको देखेको छु।
उड्न नसक्ने, बोल्न नसक्ने, बोलाउन नसक्ने डब्बाभित्र पसेका सयौँ युवाहरू मैले देखेको छु!
विदेशमा धेरै सपना साकार भएको देखेको छु ! सपना बुन्दै गरेको न त निन्द्रा न त भोक , ५० डिग्री तातोमा बाटोमा ढलेको हरु पनि देखेको छु !
मैले धेरै परिवार छुटेको देखेको छु, आमाले लगाई दिएको निधारकाे रातो टिका सम्झी ,
भित्तामा कैद गरेको आमाको फोटो देखेको छु !
अब हेर्न को लागी केहि बाँकी छैन! विदेश गएका लाखौं युवाहरू गास बास,कपास र आफ्नो परिवार भविष्य काे लागि आशाको किरण लिएर दिनहुँ आफ्नो भूमि छोड्न बाध्य छ !
गाउँ सुनसान ! कसैको मृत्यु भयो भने लाश उठाउन सक्ने युवाहरुको जमात छैन ! कठै मेरो देश !
No comments:
Post a Comment